भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

दैलेखमा करेन्ट लागेर बालिकाको मृत्यु

दैलेखमा करेन्ट लागेर बालिकाको मृत्यु

दैलेख । करेन्ट लागेर एक बालिकाको निधन भएको छ । गुराँस गाउँपालिका–४ चिसापानी घर भएकी १३ वर्षीया दिपिका नेपालीको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गुराँस गाउँपालिका–२ स्थित मामाघर गएकी ती बालिकालाई कच्ची सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । फुपुको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको हो ।

बालिकाको शव पोष्ट मार्टमका लागि दैलेख जिल्ला अस्पतालमा लगिएको निरीक्षक कार्कीले बताए । बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत बालिका गुराँस गाउँपालिका–४ को जोखिममा परेका बालबालिकाको सूचीमा थिइन् ।

 


Thali Mobile Pvt.Ltd.