भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दोलखाका १० मतदान केन्द्रमा विहानै देखि मतदान सुरु

दोलखाका १० मतदान केन्द्रमा विहानै देखि मतदान सुरु

दोलखा । दोलखाका १० वटा केन्द्रमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान चल्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। गत मंसिर ४ गते भएको मतदानका क्रममा विवाद उत्पन्न भएपछि रद्द गरी निर्वाचन आयोगले बिहीबार मतदान गराउन लागेको हो ।

चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको श्रेष्ठले जानकारी दिए । मंसिर ११ गते बसेको आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

यस्तै वैत्यश्वर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदान पनि रद्द गरी पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको थियो ।अघिल्लो मतदानका क्रममा विवाद भएका कारण यो पटक मतदानस्थलको सुरक्षा कडा बनाएको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.