भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

धर्म, संस्कृति, परम्पराको संरक्षणमा जुटे टेकानपुरका बलामी समुदाय

धर्म, संस्कृति, परम्पराको संरक्षणमा जुटे टेकानपुरका बलामी समुदाय

काठमाडौं । अल्पसंख्यक बलामी समुदाय आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षणमा जुटेका छन् । समाजसेवी मोहनबहादुर बलामीको नेतृत्वमा टेकानपुर संस्कृतिक संरक्षण समिति नै बनाएर उनीहरु धर्म, संस्कृति, परम्पराको संरक्षणमा लागेका छन् ।

बलामी समुदायको संस्कृति परम्परा संरक्षणका लागि बनाएको समितिको एक समारोह सम्पन्न भएको छ । नेपाल कला र संस्कृतिले भरीपूर्ण देश भएको र यसको संरक्षण एकीकृतरुपमा गर्नुपर्ने बागमती प्रदेश सभाका सदस्य रमा आले मगरले बताइन् ।

चन्द्रागिरी नगरपालिकालाई संस्कृति सहर बनाउने योजना आफूहरुको रहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए । उनले नगरपालिका भित्रका धर्म, संस्कृति,कला, जात्रा चाडपर्वलाई सूचीकृत गर्न लागिरहेको बताए ।

उनले धर्म,संस्कृति, जात्रा मेला, चाडपर्व, सम्पदाको व्यवस्थापनदेखि आर्थिक सहयोग गर्न तयार रहेको बताए । यस्तै वडाध्यक्ष कृष्णप्रसाद खड्गीले आफूहरु संस्कृतिमा धनी भए पनि यसलाई धन्न भने गहे भएको बताए ।

उनले संस्कृति, परम्परालाई पनि आयमुलक बनाउनतिर लाग्नुको विकल्प नभएको बताए । बलामी समुदाय छुटै संस्कति परम्परा रहेको मकवानपुर, काभ्रे, धादिग, चितवन नुवाकोटमा बसोबास गरिरहेका छन् ।

बलामी समुदायका परम्परागत नाच, कला, संस्कृतिको पनि यो कार्यक्रममा प्रस्तुति गरिएको समितिका सचिव श्याम बलामीले बताए।

 


Thali Mobile Pvt.Ltd.