भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नक्कली शरणार्थी प्रकरणः बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्ने

नक्कली शरणार्थी प्रकरणः बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत गरिएको अनुसन्धान प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

३३ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रतिवेदन बुझाइएपनि अनुसन्धानका क्रममा गिरोहका सदस्यले नाम लिएका तर प्रस्ट प्रमाण नजुटेका ‘हाई प्रोफाइल’सहित थप सातजनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने भएको छ ।

अनुसन्धान प्रक्रिया जारी राख्न माग गर्दै प्रहरीले ११३ पीडितको जाहेरीअनुसार आरोपित ३३ जनासँग २७ करोड बिगो कायम गरेको छ ।

प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य एवं कांग्रेस नेता आङ्टावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका १६ जना र पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका थप १७ जना मुद्दा चलाउन सुझाएका छन् ।

सबै गरी ३३ जनामध्ये ३० जनाको स्पष्ट वतन खुलेको छ भने तीनजनाको वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। यसैवीच प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निरन्तर रहने बताएका छन् ।

ठगी तथा संगठित अपराधमा अझै पनि जाहेरी प्राप्त हुने र नयाँ कुरा थाहा हुने अवस्था रहेको उनको भनाइ छ । समग्र अनुसन्धान अझै नसकिएको भन्दै अनुसन्धान गहिरो तरिकाले भइरहेको बताए ।

फरार व्यक्तिहरु उच्च निगरानीमा रहेको भन्दै प्रमाणमुखी अनुसन्धान अघिबढिरहेको बताए। अनुसन्धानका क्रममा आफूलाई कुनै दबाब नआएको स्पष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.