भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली शरणार्थी प्रकरणः बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्ने

नक्कली शरणार्थी प्रकरणः बयानमा नाम आएका व्यक्ति जुनसुकै बेला पक्राउ पर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत गरिएको अनुसन्धान प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

३३ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रतिवेदन बुझाइएपनि अनुसन्धानका क्रममा गिरोहका सदस्यले नाम लिएका तर प्रस्ट प्रमाण नजुटेका ‘हाई प्रोफाइल’सहित थप सातजनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने भएको छ ।

अनुसन्धान प्रक्रिया जारी राख्न माग गर्दै प्रहरीले ११३ पीडितको जाहेरीअनुसार आरोपित ३३ जनासँग २७ करोड बिगो कायम गरेको छ ।

प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य एवं कांग्रेस नेता आङ्टावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका १६ जना र पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका थप १७ जना मुद्दा चलाउन सुझाएका छन् ।

सबै गरी ३३ जनामध्ये ३० जनाको स्पष्ट वतन खुलेको छ भने तीनजनाको वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। यसैवीच प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निरन्तर रहने बताएका छन् ।

ठगी तथा संगठित अपराधमा अझै पनि जाहेरी प्राप्त हुने र नयाँ कुरा थाहा हुने अवस्था रहेको उनको भनाइ छ । समग्र अनुसन्धान अझै नसकिएको भन्दै अनुसन्धान गहिरो तरिकाले भइरहेको बताए ।

फरार व्यक्तिहरु उच्च निगरानीमा रहेको भन्दै प्रमाणमुखी अनुसन्धान अघिबढिरहेको बताए। अनुसन्धानका क्रममा आफूलाई कुनै दबाब नआएको स्पष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.