भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नगर सरकारको एक्सनः तुरून्तै पुरियाे खाल्डो (भिडियोसहित)

नगर सरकारको एक्सनः तुरून्तै पुरियाे खाल्डो (भिडियोसहित)

काठमाडौं । कर्णाली राजमार्ग मृत्युमार्गको रुपमा परिणत भयो भनेर कयौं गुनासा आइरहेका थिए । तर सम्वन्धित पक्षले सुनेको नसुने झै गरेको थियो । यस्तै वर्षौं पहिले आठबीस नगरपालिका रामक कर्णाली बाख्रेखोट बजारमा परको यो खाल्डो स्थानीय सरकारका दुई कार्यकाल सुरु भएपनि नजर पुग्न सकेको थिएन ।

आठबीसको एक ग्रुपमा स्थानीयले यो फोटो पोष्ट गर्दै कैलाश खबरलाई मेन्सन गरे । यसको सुनुवाई भएन । यस विषयमा समाचार बनाउनु प¥यो भनेर समस्या दर्साए । कैलाश खबरले आठबीस नगरसरकारसंग कुराकानी गरेर समस्या राख्दा नगरसरकारले तुरुन्तै खाल्डो पुर्ने काम गरेको छ ।

नगरले ध्यान दिएपनि सरोकारवाला निकायसंग समन्वय गरेर गर्नु पर्ने काम धेरै रहेको नगरप्रमुख तर्क बडुवालले बताए । खाल्डो मात्र नभएर अव्यवस्थित बस्तीका विषयमा पनि नगरसरकारकाे ध्यान गएकाे र तुरून्तै समस्यामा केन्द्रीत रहने उनकाे भनाइ छ ।

जनताका समस्या र नगर भित्रका समस्या समाधानमा कुनै कसुर बाँकी नराख्ने नगरसरकारले प्रतिवद्धता जनाएको छ । प्रतिवद्धता मात्रै होइन तुरुन्तै यो खाल्डो आज नगर सरकारको पहलमा पुरिएको छ । हुनत यो काम ठेकेदारको लापरबाहीले भएको हो भन्ने कुरा छलंग छ ।

सडक डिभिजन पनि मुकदर्शक बनेको वर्षौ भइसक्यो । तर यी विषयमा सरोकारवालाको ध्यान जान सकेन । चुनावी नारामा सिंगापुर बनाउने सपना देखाउने तर सिन्को सम्म भाँच्ने काम नगर्ने राजनैतिक दलहरु यसपालिको चुनावमा पनि सपना बाँड्न पछि परेका छैनन् । तर यी र यस्ता विषयमा सरोकारवालाको समयमै ध्यानपुग्न जरुरी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 

 


Thali Mobile Pvt.Ltd.