भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नदी प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ : मेयर बालेन्द्र शाह

नदी प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ : मेयर बालेन्द्र शाह

काठमाण्डौ । पोलिथिनको मोटाइ माइक्रोमिटरबाट नापेर अनुगमन गर्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । सामाजिक सञ्जालमा यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ ।

प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली अनुगमनमा खटाउने महानगरको तयारी छ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत हुनेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामान कुनै पनि प्रयोग गर्न पाइनेछैन । मेयर बालेन्द्र शाहले लेखेका छन् ।

उनले भनेका छन् ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका बस्तु तथा सामग्री महानगरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध गरिएको छ । जथाभावी फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ । माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ ।

बाग्मती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला ठाउँमा प्लाष्टिक फालेका कारण नदी प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि असर पुगेको छ । काठमाण्डौ उपत्यकामा दैनिक झण्डै ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने अनुमान छ । साथै नदीलाई प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ ।

अनुगमनमा आउनु र जफत गर्नुअघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न र नगराउन मेयर शाहको आग्रह छ ।

 


Thali Mobile Pvt.Ltd.