भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

अस्ट्रेलिया र अमेरिकाबीच सैन्य अभ्यास,सैन्य हेलिकप्टर दुर्घटना पछि अभ्यास केही समय रोक्ने निर्णय

अस्ट्रेलिया र अमेरिकाबीच सैन्य अभ्यास,सैन्य हेलिकप्टर दुर्घटना पछि अभ्यास केही समय रोक्ने निर्णय

एजेन्सी । अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना भएको छ । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै हेलिकप्टर दुर्घटनामा चार जना बेपत्ता भएका हुन । अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड माल्र्सले तत्कालै खोजी तथा उद्धारको अभियान सुरु गरिएको जानकारी दिएका छन् ।

लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको सञ्चार माध्यमले जनाएका छन् । । हाल अस्ट्रेलिया र अमेरिकाबीच सबैभन्दा ठूला द्विपक्षीय सैन्य अभ्यास टेलिस्मान साब्रे जारी रहेको छ ।

दुर्घटनापछि अभ्यासलाई समेत केही समय रोक्ने निर्णय गरिएको छ । रक्षामन्त्री माल्र्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.