भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नयाँ नेतृत्वका लागि आज एनआरएनएको निर्वाचन, कस्ले मार्ला बाजी ?

नयाँ नेतृत्वका लागि आज एनआरएनएको निर्वाचन, कस्ले मार्ला बाजी ?

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

विदेशमा रहेका प्रतिनिधिले भने अनलाइन भोटिङ गरिरहेका छन् । अनलाइन भोटिङ्ग चौबीसै घण्टा तोकिएको निर्वाचन समितिले जनाएको छ । एनआरएनएको अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्ने छ । ७४ पदका लागि एक सय २० जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.