भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

इजरायलयी आकाशमा बाइडेनको हस्तक्षप, युद्धमा साथ दिए अमेरिका ध्वस्त पार्ने हमासकाे चेतावनी

इजरायलयी आकाशमा बाइडेनको हस्तक्षप, युद्धमा साथ दिए अमेरिका ध्वस्त पार्ने हमासकाे चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन हमासविरुद्ध लागेका छन् । हमासलार्इ सखाप पार्न इजरायललाई साथ दिने घोषणा गरेका छन् । चार घण्टाका लागि इजरायल पुगेका बाइडनले इजरायली आकाशबौ घोषणा गरेकी इजरायल एक्लै नभएको र यसमा अमेरिकाको साथमा रहेको ढाडस दिए ।

प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले इजरायललाई उक्साइरहेको छ । अमेरिकाले हमासलाई प्रतिबन्ध लगाएको छ । हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेपछि ४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।

मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाएका छन् । अस्पतालमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति बाइडन इजरायल पुगेका थिए ।

राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताए । बाइडनले त्यहाँका राजा, राष्ट्रपति र इजरायलका अन्य नेताहरुसँग गर्ने भनिएको शिखर वार्ता भने रद्द भएको छ । यता हमासले भने जाइ लागे अमेरिका समेत ध्वस्त पारिदिने चेतावनी दिएकाे संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.