‘नयाँ नेयमार’ काे गोल वर्षा

‘नयाँ नेयमार’ काे गोल वर्षा image

स्पेन। च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा ब्राजिलियन फरवार्ड रोड्रिगोले आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो ।

ब्राजिलिन क्लबबाट स्पेन आइपुगेका रोड्रिगोलाई ‘नयाँ नेयमार’ पनि भन्ने गरिन्छ । ५ फिट ९ इन्च अग्ला युवा खेलाडीको उचाइँ पनि नेयमार जत्तिकै छ । रियल आएपछि क्लबका लागि सबै प्रतियोगितामा ६ खेलमा ५ गोल गरेका छन् । रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता लिाएका थिए भने सातौँ मिनेटमा अग्रता दोब्बर बनाए ।

खेलको १४ औँ मिनेटमा कप्तान सर्जियो रमोशले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए भने करिम बेन्जेमाले पहिलो हाफ सकिन लाग्दा अर्को गोल थपे । गोलसँगे बेन्जेमाले लगातार १५ औँ च्याम्पियन्स लिगको सिजनमा गोल गर्न सफल भएका छन् । यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनका लियोनेल मेस्सीपछि दोस्रो खेलाडी हुन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.