नवदुर्गा मन्दिरमा ४ वर्ष ७ महिना पुगेको राँगो (खँम्ये )भित्र्यायो

नवदुर्गा मन्दिरमा ४ वर्ष ७ महिना पुगेको राँगो (खँम्ये )भित्र्यायो

भक्तपुर । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा खम्ये भित्र्याएको छ । मोहनी नखाः अर्थात विजया दशमी २०८० मनाउन (म्हेखासुर रुपी राक्षस रांगो) सोमबार भित्र्याएको हो । हरेक वर्ष गाठामग चह्रे पश्चात भित्र्याउने परम्परा अनुसार खम्ये भित्र्याएको हो ।

रागो चाँगुनारायण नगरपालिका ७ बागीश्वरी स्थित बाल्मीकि पशुपालन तथा कृषी फर्ममा निखार राँगो भित्र्याइएको हो । यस वर्षकालागि चोर्चाका रत्नभक्त दुमरुले खम्ये दान गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.