भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च, प्रतियोगिताको खर्च बुधबार सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च, प्रतियोगिताको खर्च बुधबार सार्वजनिक

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च सार्वजनिक भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक भएको हो । प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । खेल सामग्रीमा २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

किट्स ब्याग, निर्णायक जर्सी र खेल पोसाकका लागि १५ करोड ३९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । गण्डकीको कास्कीलगायत ८ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदको असोज २८ मा उद्घाटन र कात्तिक ३ गते समापन भएको थियो । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च बुधबार सार्वजनिक गरेको हो ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.