भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च, प्रतियोगिताको खर्च बुधबार सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च, प्रतियोगिताको खर्च बुधबार सार्वजनिक

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च सार्वजनिक भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक भएको हो । प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । खेल सामग्रीमा २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

किट्स ब्याग, निर्णायक जर्सी र खेल पोसाकका लागि १५ करोड ३९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । गण्डकीको कास्कीलगायत ८ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदको असोज २८ मा उद्घाटन र कात्तिक ३ गते समापन भएको थियो । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च बुधबार सार्वजनिक गरेको हो ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.