नाकाबन्दीको संकेत : नाकामा भारतले रोकिदियो नेपाली मालबाहक ट्रक

नाकाबन्दीको संकेत : नाकामा भारतले रोकिदियो नेपाली मालबाहक ट्रक image

५ असार २०७७ झापा । पश्चिम बङ्गाल सरकारले नेपालका मालवाहक गाडी भन्सारमै रोकिदिएको छ । केन्द्रीय सरकारको निर्देशनविपरीत पश्चिम बङ्गाल राज्य सरकारले काँकडभिट्टा-रानीगन्ज नाकाबाट भारत तथा बङ्गलादेश निर्यात हुने नेपाली वस्तु ठप्प पारेपछि नेपाली महावाणिज्यदुतावासले ध्यानाकर्षण गराएको छ ।

कोलकातास्थित नेपाली महावाणिज्यदुतावासको नाका सुचारु गराउन लेखेको पत्रलाई बेवास्ता गर्दै बङ्गाल सरकारले भारत तथा बंगलादेश निर्यात हुन लागेका सामान बोकेका २२ वटा ट्रक मेची पुलमा रोकिदिएको हो । ती ट्रकमा नेपाली वस्तु चिया, अलैंची र अम्रिसो लोड गरिएको छ। चिया र अलैंची भारत तथा अम्रिसो बङ्गलादेश निर्यात हुँदै आइरहेको छ।

पुलमा ट्रक रोकिँदा आयातमा समस्या परेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाबाट व्यवसायीले भारत तथा बङ्गलादेश निर्यातका लागि सामान पठाएको थियो । भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले मेची पुलमै गाडीहरू रोकिदिए पछि तनाव सृजना भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बताए।

नेपाली महावाणिज्यदूतावासका निमित्त वाणिज्यदूत नारायणप्रसाद शर्माले बङ्गाल सरकारका मुख्य सचिव राजीव सिंहलाई पत्र लेखेका छन । पत्रमा भनिएको छ, निरन्तर तथा सहज रूपमा त्यस नाकाबाट आयात मात्र भइरहेकोले निर्यात पनि खुलाइदिन ध्यानाकर्षण गराइन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.