काठमाण्डौ । नापी कार्यालय लहान सिरहामा कार्यरत अमिन १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्ने अमिन दीपरन्जन यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ । यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
