१५ असार २०७७ काठमाडौं । कोरोना महामारीकै बीचमा सुरक्षा अपनाउदै आफ्नो व्यापार–व्यवसाय बढाउन र आईपरेका समस्या समाधान गर्न काइट नेपाल टेक्नोसिस् प्रा. लि. ले निशुल्क सेवा प्रदान गरेको छ । भक्तपुर गपलि, सूर्यविनायकमा अवस्थित काइट नेपाल टेक्नोसिस् प्रा. लि.ले कुनै व्यापार–व्यवसायका लागि निःशुल्क तथा सहुलियतमा वेबसाइट (website) बनाइदिने निर्णय गरेको हो ।
विश्व मानव समुदाय महामारीको चपेटामा परेको र नेपाल पनि अछुतो नरहेकोले अब आर्थिक गतिविधि कसरी गर्न सकिन्छ भन्ने चिन्ता कै बीचमा अहिले business, transaction, learning, meeting र विभिन्न क्रियाकलापहरु online बाटै गरिएका छन् । शुरक्षित, सजिलो, भरपर्दो एवं सस्तो तरिकाले कसरी गतिविधि गर्न सकिन्छ भन्ने कुरालाई जोड दिन्दै प्रालिले यो अफर ल्याएको जनाएको छ ।
सूचना प्रविधिमा नेपाल सरकारले उचित व्यवस्थापन गर्न नसक्दा विभिन्न समस्या झेल्नु परेको कम्पनीका प्रबन्धक निर्देशक सरोज सुवालले बताएका छन् । वेबसाइट भनेकै world wide web technology (www) हो, यसको परिभाषा विभिन्न तरिकाले गर्न सकिन्छ तर सरल भाषामा बुझ्ने हो भने, कुनै पनि वेबसाइटले जस्तो पनि व्यवसायलाई संसार भरिनै चिनाउन सकिने एउटा सरल तरिका हो । यसको लागि अन्तराष्ट्रिय क्रियाकलापको सरलता हुनु अनिवार्य छ ।
सजिलै पैसा पाउन, तिर्न र हरेक किसिमको कानुनी माध्यमको क्रियाकलाप हुनु पर्छ तर नेपालमा यसको व्यवस्थापन अहिले सम्म पनि भएको छैन । नेपालीले छिमेकी देश या अरुकुनै देशका नागरिकको भरमा कामकाज गर्नु परेको दुखान्त सुनाउदै सुवालले नेपालमा online काम गरेर पैसा कमाउने भएपनि कानुनी रुपमा मान्यता प्राप्त गर्ने थोरै भएको बताए । नेपालमा सूचना प्रविधिको खाँचो धेरै भएको भन्दै प्रबन्धक सुवाले आवश्यकतालाई पूर्ति गर्न कम्पनीले हरेक किसिमको वेबसाइट निःशुल्क बनाइदिने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीले राहतस्वरुप एउटा device responsive static website design गरिदिने र त्यसको कुनै पनि शुल्क नलिने बताए । वेबसाइटलाई चाहिने space / domain registration को चार्ज भने व्यक्तिले व्यहोर्नु पर्ने उनको भनाई छ । नेपालमा सूचना प्रविधिको उचित कदम र निती नहुँदा अधिकाश नेपालीहरु अझै अलमल र समस्यामा परेको उनको ठहर छ ।
राजधानी जस्तो ठाँउमा त अझै घण्टौं लाईनमा बसेर बिजुली, खानेपानीको बिल भुक्तानी गर्न र अरु विभिन्न बैकिङ्ग कारोबार गर्न सामाजिक दुरी कायम गदै चर्को घाममा लाइन बसेर कार्य गर्दै आउनुको बाध्यता छ भने बाहिरको कल्पना त अझ परको कुरा हो । यि बाध्यता झेल्नुको कारण प्रविधिको उचित ज्ञान, उचित कदम र उचित नीती नहुनु एकमात्र कारण रहेको दावी गरे ।
सुवालले यी विविध समस्यालाई मध्यनजर गर्दै लकडाउनमा ‘लकडाउन अफर’ ल्याएको जानकारी दिए । यो अफरमा निःशुल्क वेबसाइट बनाइदिने लगायत जनचेतनाका कार्य पनि प्रदान गर्ने भन्दै सराेज सुवालले वृस्तित जानकारीका लागि ९८५११०१९२३ मा सम्पर्क गर्न अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा...
काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन देशव्यापी पूर्वतयारी सुरु गरेको छ। विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै...
काठमाडौं, १ जेठ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ। यो बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट र नीतिगत प्राथमिकतामाथि छलफल...
भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी...