जुम्ला बाहेक आज कर्णालीका सबै जिल्लामा सार्वजनिक बिदा

जुम्ला बाहेक आज कर्णालीका सबै जिल्लामा सार्वजनिक बिदा

१५ असार २०७७ काठमाडौं । जुम्ला बाहेक कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

चैत १२ गते बीउ राख्ने दिनमा सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने भएको हुँदा जुम्लाको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको बिदा दिने निर्णय गरेको हो ।

किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अपिल गरेको छ । कोभिड–१९ का कारण किसानका आवश्यकता एवं समस्या जे जस्ता भएपनि सम्बोधन गर्न प्रदेश सरकार तत्पर रहेको कर्णली प्रदेश सरकारले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.