भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाल भारत सीमावर्ती सुरक्षा बैठक रुपन्देहीमा

निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाल भारत सीमावर्ती सुरक्षा बैठक रुपन्देहीमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक बस्दै छ ।

बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित एक होटलमा बैठक बस्ने प्रशासनले जनाएको छ । बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागीता रहनेछ ।

निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.