१८ असार २०७७ काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतामा गम्भीर संकट पैदा भएको भन्दै समाधानका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले संकट समाधानमा गम्भिर बन्ने यस्तो निष्कर्ष निकालेको हो ।
पार्टी एकतामा गम्भीर संकट देखा परेकोले संकटबाट जोगाउन शनिबार ११ वजे सम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति भए पनि ओलीले मन्त्रिपरिषद् बसेर संसद् अधिवेशन अन्त्य भएको नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सनाएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागिएको भन्ने सुनेपछि अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास पुगेको बताए ।
राष्ट्रपतिको भेटवार्तापछि प्रचण्ड बालुवाटारबाट फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो । नेकपा स्थायी कमिटी बैठक अब आउदो शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...