भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

नेकपाको पार्टी एकतामा गम्भिर संकट पैदा

नेकपाको पार्टी एकतामा गम्भिर संकट पैदा

१८ असार २०७७ काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतामा गम्भीर संकट पैदा भएको भन्दै समाधानका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले संकट समाधानमा गम्भिर बन्ने यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी एकतामा गम्भीर संकट देखा परेकोले संकटबाट जोगाउन शनिबार ११ वजे सम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति भए पनि ओलीले मन्त्रिपरिषद् बसेर संसद् अधिवेशन अन्त्य भएको नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सनाएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागिएको भन्ने सुनेपछि अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास पुगेको बताए ।

राष्ट्रपतिको भेटवार्तापछि प्रचण्ड बालुवाटारबाट फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो । नेकपा स्थायी कमिटी बैठक अब आउदो शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.