नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ दाङको विस्तारित बैठक सम्पन्न

नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ दाङको विस्तारित बैठक सम्पन्न

दाङ। नेकपा एमालेबाट अलग भएको पार्टी नेकपा (एकीकृत समाजबादी) पार्टी निकट युवा संघ दाङको बिस्तारित बैठक सम्पन्न भएको छ ।

घोराहीमा सम्पन्न बैठकले पार्टीको रणनीति, नयाँ कार्यभार, जनअभियान र समाजवादी व्यवस्थाका लागि युवा संघको भूमिकाका विषयमा छलफल गरेको महिला नेतृ निर्मला विकले जानकारी दिइन् ।

प्रेम बुढा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य भागवत विश्वासी निर्देशनात्मक धारणा राखेका थिए । युवाहरुको उत्साह जनक सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ।

 


Thali Mobile Pvt.Ltd.