भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेटो र रुसबीच गतिरोध,

नेटो र रुसबीच गतिरोध,

काठमाडौं । नेटो गठबन्धन र रुसबीचको वार्तामा फेरी गतिरोध आएको छ । अमेरिकाले युक्रेनलाई नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि गतिरोध आएको हो ।
गतिरोध कै बीच वार्ताको ढोका भने खुलै रहेको नेटोले जनाएको छ ।

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासका बीच बुधबार नेटो काउन्सिल र रुसबीच भएको वार्तामा रुसले आफ्ना छिमेकी देशहरुमा तैनाथ नेटो सैनिक र हातहतियार फिर्ता गर्नुपर्ने शर्त राखेकोमा नेटोले त्यसलाई पनि अस्वीकार गरेको छ । रुसले नेटोमा हाल आवद्ध तीस देश भन्दा बढी सस्दय थप्न नपाइने माग पनि वार्तामा राखेको छ ।

नेटोका महासचिव जेन्स स्टोलटेन्बर्गले दुवै पक्ष वार्तालाई निरन्तरता दिनुपर्छ भन्नेमा भने सहमत रहेको बताएका छन् । कुनै पनि सैन्य दूर्घटना नहोस भन्नेमा नेटो सचेत रहेको भन्दै उनले युक्रेनमाथिका शर्तहरु भने मान्य नहुने प्रष्ट पारेका छन् ।

युरोपमा साँच्चिकै सैन्य वार्तामा सहभागी रुसी दूत ग्रश्खोले भने नेटोसँग सहमतिको संभावना क्षीण देखेको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेनी सीमानामा आफ्ना सैनिकको संख्या बढाएको छ भने युक्रेनलाई तीन तिरबाट सैनिक घेरामा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.