भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नेता गिरिको निधनले कांग्रेसमा क्षेति, आजै अन्त्येष्टि गरिने

नेता गिरिको निधनले कांग्रेसमा क्षेति, आजै अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। ७५ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार राति निधन भएको हो । नेता गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ ।

उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ भने त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित भएको थिए ।

समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए । घाँटीमा क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.