भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नेपालमा कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढ्यो

नेपालमा कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढ्यो

काठमाण्डौ । कृषि गर्ने जमिन घट्दा नेपालमा कृषि गर्नेको सङ्ख्या बढेको छ । कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको सातौँ कृषि गणना–२०७८ को तथ्याङ्कले देखाएको छ ।

२०१८ सालदेखि हरेक १० र १० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैतदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलनको काम गरेको थियो ।

विहीबार सार्वजनिक तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ सालमा यस्तो परिवार सङ्ख्या ३८ लाख ३१ हजार थियो । नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा तीन लाख आठ हजार हेक्टरले कम हो ।

२०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिएको थियो । नेपालमा १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार आठ सय ५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेका छन् ।

 


Thali Mobile Pvt.Ltd.