भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

नेपालमा कृषि बजारको समस्या समाधान गर्न राष्ट्रिय किसान आयोगले थाल्यो छलफल (भिडियाेसहित)

नेपालमा कृषि बजारको समस्या समाधान गर्न राष्ट्रिय किसान आयोगले थाल्यो छलफल (भिडियाेसहित)

काठमाडौं । नेपालमा कृषि बजारको वर्तमान अवस्था, समस्या, चुनौती र त्यसको समाधान सम्बन्धी सरोकारवालासंग राष्ट्रिय किसान आयोगले छलफल थालेको छ । आयोगले आए एक कार्यक्रमको आयोजनागरी रोष्टरमा सूचिकृत विज्ञहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।

नीति मात्रै बनाएर किसानले अनुभूति गर्न नसकिने राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम प्रसाद दंगालले बताए । समस्या नै समस्याले नेपालको बजार गाँजेको भन्दै उनले किसानकोे उत्पादन सोझै बजारमा सहजै पुग्ने गरी बजारको व्यवस्था हुनुपर्ने बताए ।

कृषि एवं पशु सेवाका विज्ञहरु, राष्ट्रिय किसान आयोगका सदस्यहरु पुष्पा भुसाल, टेक बहादुर बोगटी, जीवन्ती पौडेल, मञ्‍जु धिमाल, सूर्य प्रसाद खनाल, नि. सदस्य सचिव दुर्गा प्रसाद पण्डित, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रका प्रतिनिधि र पत्रकारहरुको सहभागितामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालमा कृषि बजारको वर्तमान अवस्था, समस्या, चुनौती एंव समाधान सम्बन्धी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नीति निर्माण तहमा राष्ट्रिय किसान आयोगले खेल्ने भुमिका अझ प्रवावकारी बनाउनेबारे सहभागीले जिज्ञासा राखेका थिए । कृषि एवं पशु विज्ञ र आयोगका पदाधिकारीहरुले प्रस्तुत कार्यपत्र बारेमा सुझाव राखेका थिए । किसानमैत्री बजारीकरणमा जोड दिदै नेपालकोे नीति निर्माण गर्ने तहमा विचार पु¥याएर कार्यलाई अगाडि बढ्नु पर्ने सुझाव दिइएको थियो ।

कार्यक्रमको सहजिकरण नि.सदस्य सचिव दुर्गा प्रसाद पण्डितले गरेका थिए । यसैबीच राष्ट्रिय किसान आयोगले केही दिन पहिले सरोकारवाला निकायहरुसँग रासायनिक मलको अभाव सम्बन्धी छलफल सम्पन्न गरेको छ ।

उक्त छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, कृषि सामाग्री कम्पनी लि., विभिन्न किसान संघ, संगठनका प्रमुख तथा प्रतिनीधि, राष्ट्रिय किसान आयोगका सदस्यहरु, कृषक प्रतिनीधि, पत्रकार एवं कर्मचारीहरुले रासायनिक मलको अभावबारे सम्बन्धित निकायले समयमै सोच्नुपर्ने बताएका थिए ।

खेतीपातीको समयमा मल अभाव हुन नदिन जुनसुकै उपाय अपनाएर भएपनि किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।
हेर्नुहोस भिडियो….

 


Thali Mobile Pvt.Ltd.