मृतकको संख्या २० पुग्यो, नेपालमा कोरोना संक्रमितकाे संख्या ७,१७७ नाघ्याे (भिडियाेसहित)

मृतकको संख्या २० पुग्यो, नेपालमा कोरोना संक्रमितकाे संख्या ७,१७७ नाघ्याे (भिडियाेसहित) image

२०७७ असार ३ बुधबार, काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
हेर्नुहाेस् भिडियाे…

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03

Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03

Posted by Kailashkhabar.com on Wednesday, June 17, 2020

थप एक महिलाको मृत्यु, मृतकको संख्या २० पुग्यो
बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै मृतकको संख्या २० पुगेको छ ।

मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको मृत्यु भएपछि आएको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

भारतमा एकै दिन दुई हजार बढीको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो । गत २४ घन्टामा कोरोना कारण भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । हालसम्म भारतमा ३ लाख ५४ हजार ६५ जना संक्रमित भेटिएको छ । महाराष्ट्र सबैभन्दा धेरै कोरोनाबाट प्रभावित भएको छ । महाराष्ट्रमा मात्र १ लाख १३ हजार ४ सय ४५ संक्रमित भेटिएका छन् । जसमध्ये ५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

कुल संक्रमितमध्ये भारतमा हालसम्म १ लाख ८६ ९ सय ३४ जना उपचारपछि निको भएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, ब्राजिल र रुसपछि भारतमा धेरै संख्यामा संक्रमित भेटिएका छन् । भारतमा लकडाउन केही खुलुकलो बनाइएको छ । प्रतिबन्ध खुकुलो बनाउँदा नै संक्रमण नियन्त्रण गर्न गाह्रो हुने विज्ञहरुको आशंका छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव image

    जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव

    काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...

  • सचिवको अवकाश, निमित्तमा लम्साल image

    सचिवको अवकाश, निमित्तमा लम्साल

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...

  • एमाले पदयात्रा आज बागलुङ पुग्यो image

    एमाले पदयात्रा आज बागलुङ पुग्यो

    काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...

  • अल नासर र इस्तिकोलको खेले बराबरी image

    अल नासर र इस्तिकोलको खेले बराबरी

    काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon