भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

लद्दाखमा २० बढि भारतीय सैनिक मारिएपछि चीनविरूद्व माेदीकाे नयाँ रणनीति

लद्दाखमा २० बढि भारतीय सैनिक मारिएपछि चीनविरूद्व माेदीकाे नयाँ रणनीति

३ असार २०७७ बुधबार, काठमाडौं । भारतीय सेनाले लद्दाखमा चिनियाँ सेनासँग मृत्युवरण भाेगेपछि बलिदान खेर जान नदिने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ रणनीति अवलम्वन गरेकाे संचारमाध्यममा छाएकाे छ ।

चिनियाँ क्षेत्रमा भारतीय सेना घुसेपछि भएकाे लद्दाख भिडन्तमा २० भन्दा बढि भारतीय सैनिककाे मृत्यु भएकाे छ । मृत्युपश्चात गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको जिकिर गरेका छन् ।

सोमबार राति लद्दाखको गलवन घाटीमा भएको झडपपछि प्रधानमन्त्री मोदीले बुधबार घटनामा ज्यान गुमाउनेहरुको बलिदानी खेर जान नदिने बताए । भारतले हरहालतमा उपयुक्त जवाफ दिने धम्कि समेत दिएकाे छ । भिडियो कन्फरेन्समा कुराकानी गर्दै माेदीले मतभेद भएका ठाउँमा विवाद नबढोस् भनेर ध्यान दिएको समेत बताए ।

भिडन्त पछि मोदीको पहिलो अभिव्यक्ति
पूर्वी लद्दाखको गलवान उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सोमबार राति २० भन्दा बढि भारतीय सैनिकको मृत्यु भएपछि मोदीको याे पहिलो अभिव्यक्ति हाे ।

भारतीय प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीले आउने शुक्रबार चीनसँगको सीमा विवादको विषयलाई लिएर सर्वदलीय बैठक बोलाउदै छन् । बुधबार मृतक सैनिकको नाममा दुई मिनेट मौन धारणपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरे ।

राष्ट्रिय एकता र सम्प्रभुता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै भारतले छिमेकीसँग सधैं मैत्रीपूर्ण तवरले सहकार्य गरेको बताए । बलिदान जस्तै बहादुरी र शाहस पनि राष्ट्रको चरित्र भएको कन्फरेन्समा मन्त्रीसंग बताए । साे भिडन्तमा १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिति चिन्ताजनक भएको पनि जनाइएको छ ।

ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग

तीन घण्टा चलेको झडपमा दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको समाचार सार्वजनिक भएकाे छ । लद्दाख गालवन भ्यालीलाइ लिएर पछिल्लो केही समय यता दुई देशबीच तनाव जारी रहेको छ ।

तनावलाई कम गर्न दुईदेशबीच छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको हो । केही समय यता लद्दाखमा भारत र चीनबीच सीमाका विषयमा विवाद हुँदै आएको थियो । दुबै पक्षले सीमा क्षेत्रमा सैनिक संख्या बढाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.