भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ : सांसद सुवाल

नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका हुन । सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताउनुभयो ।

नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको र नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको सांसद सुवालले बताएउनुभयो । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउदै देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराइ व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गर्नुभभयो ।

उहाँले भन्नुभयो ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ। किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ। नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ। देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराई व्यवस्थित गर्नुपर्छ। सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई बिदा कटौती गर्नुपर्छ।’

 


Thali Mobile Pvt.Ltd.