भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपाली काँग्रेस कसरी प्रतिपक्ष दल भयो : सांसद सुवालको प्रश्न ?

नेपाली काँग्रेस कसरी प्रतिपक्ष दल भयो : सांसद सुवालको प्रश्न ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली काँग्रेस कसरी प्रतिपक्ष दल भयो भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली काँग्रेस कसरी विपक्षी दल भयो भन्दै प्रश्न गरेका हुन ।
उनले संघीय संसद् सचिवालयका कर्मचारीको नियतमाथि समेत प्रश्न समेत गरेका छन् । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि सांसद सुवाल आक्रोषित भएका हुन ।

सांसद सुवालले संघीय संसद्का कर्मचारीले सभामुखलाई अप्ठेरोमा पार्ने काम किन गर्दैछन् भन्दै प्रश्न समेत गरे । सरकारलाई कांग्रेसले विश्वासको मत दिएका कारण कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने तर्क गर्दै सांसद सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुखसंग माग गरे ।

सांसद सुवालले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ अनुसार सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल कसरी हुन्छ भन्दै प्रश्न गर्दै संसद्ले बनाएको कानुन संसदमै लागू हुन नसकेको आरोप लगाए । उनले भने “अन्य ठाउँमा कानुन कार्यान्वयन कसरी हुन सक्छ देशको संसदको हालत यस्तो छ ?”

 


Thali Mobile Pvt.Ltd.