काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली काँग्रेस कसरी प्रतिपक्ष दल भयो भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली काँग्रेस कसरी विपक्षी दल भयो भन्दै प्रश्न गरेका हुन ।
उनले संघीय संसद् सचिवालयका कर्मचारीको नियतमाथि समेत प्रश्न समेत गरेका छन् । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि सांसद सुवाल आक्रोषित भएका हुन ।
सांसद सुवालले संघीय संसद्का कर्मचारीले सभामुखलाई अप्ठेरोमा पार्ने काम किन गर्दैछन् भन्दै प्रश्न समेत गरे । सरकारलाई कांग्रेसले विश्वासको मत दिएका कारण कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने तर्क गर्दै सांसद सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुखसंग माग गरे ।
सांसद सुवालले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ अनुसार सरकारलाई विश्वासको मत दिने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल कसरी हुन्छ भन्दै प्रश्न गर्दै संसद्ले बनाएको कानुन संसदमै लागू हुन नसकेको आरोप लगाए । उनले भने “अन्य ठाउँमा कानुन कार्यान्वयन कसरी हुन सक्छ देशको संसदको हालत यस्तो छ ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...