भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीको माग

नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीको माग

बर्दिया । भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीले माग गरेका छन् । सीमाबाट निर्बाध रूपमा नेपाल भित्रिने सामानका कारण आफ्नो व्यापार व्यवसाय ठप्प भएको भन्दै व्यवसायीले सीमामा कडाइ गर्न माग गरेका हुन् ।

बर्दियाको सीमासँग जोडिएका सीमावर्ती भारतीय बजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता जाने र निर्बाध रूपमा सामान ल्याउने गरेका कारण नेपाली बजार सुक्दै गएको व्यवसायीको गुनासो छ ।

सीमावर्ती भारतीय बजारका कारण स्थानीय व्यापार बन्द हुने अवस्था आएको बताउँदै अध्यक्ष पाण्डेले यो समस्याको दीर्घकालीन समाधान गर्न योजना तयार गरी अवैध आयात निरुत्साहित गर्दै सीमामा कडाइ गर्नुपर्ने बताए । उनले सीमामा भन्सार कार्यालय अविलम्ब स्थापना गर्न माग गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.