भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनल पुग्यो

नेपाल सेमिफाइनलबाटै बाहिरियो, काजकिस्तान फाइनल पुग्यो

काठमाण्डौ । सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको हो । नेपालले पहिलो सेट हारे पनि लगातार दोस्रो र तेस्रो सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । चौथो र पाँचौँ सेट जित्दै काजकिस्तान फाइनल पुगेको हो ।

त्रिपुरेश्वरको कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणको च्याम्पियन नेपाललाई ३–२ को सेटमा हरायो । काजकिस्तानले फाइनलमा आउँदो आइतवार भारतसँग खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनल पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट काजकिस्तानले ३०–२८ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २५–१६ र २५–१५ ले जित्यो । चौथो र पाँचौँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्यो ।

 


Thali Mobile Pvt.Ltd.