नेमकिपाको केन्द्रीय परिषद् सम्पन्न, समाजवादी विचार जनतामाझ लैजान कार्यकर्तालाई निर्देशन

नेमकिपाको केन्द्रीय परिषद् सम्पन्न, समाजवादी विचार जनतामाझ लैजान कार्यकर्तालाई निर्देशन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ३१ औँ केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को अध्यक्षतामा बसेको बैठक शनिवार देखि सुभारम्भ भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पार्टी जिल्ला अध्यक्ष तथा प्रतिनिधि, पार्टी जनवर्गीय तथा पेशागत सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्यख्य सहभागिता रहेको थियो । नेमकिपाले क्रान्तिकारी संसद्वादको सिद्धान्तअनुसार संसद्मा सरकारका जनविरोधी नीति एवं कार्यको विरोध गर्ने काम गरिरहेको बताउँदै संसद्बाट समाजवाद आउँछ भन्नु पुँजीवादी दृष्टिकोण भएको ध्यक्ष बिजुक्छेँले स्पष्ट पारे ।

NWPP

नेमकिपा केन्द्रीय समिति बैठकमा सहभागि सदस्य

नेमकिपा केन्द्रीय समिति बैठकमा सहभागि सदस्यट्रेड युनियनवादी दृष्टिकोणले क्रान्तिको भावना कमजोर हुने भन्दै पार्टीलाई ट्रेड युनियनवादबाट अलग्ग राख्नुपर्ने विचार व्यक्त गरे । ट्रेड युनियनवादीहरू पुँजीपति वर्गसँग मिलेर काम गर्ने र निर्वाचनलाई आफ्नो फाइदाको निम्ति प्रयोग गर्ने भएकाले सामन्तहरूसँग भिख मागेजस्तै ऋण लिनुपर्ने बाध्यताबाट किसानलाई मुक्त गर्नु पर्ने विचार राखे ।

NWPP

मोबाइल, पम्प, पङ्खा, रेफ्रिजेरटर बिग्रिएको नाममा अर्बौँ रुपियाँ विदेशिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले सहकारी संस्थाहरूले यस्ता सामानको मर्मत तालिम चलाउनुपर्ने विचार व्यक्त गरे । शनिबार बिहानदेखि सुरु भएको बैठकमा पेशागत सङ्गठनको प्रतिवेदन समेत प्रस्तुत गरिएकाे थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितका बारेमा पनि जानकारी लिनु पर्ने भन्दै अध्यक्ष विजुक्छेले जनतामा सहि विचार लिएर खाेटा विचारहरूकाे खण्डन गर्न केन्द्रीय सदस्यहरूलाइ निर्देशन समेत दिएकाे एक केन्द्रीय सदस्यले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.