भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’

मोरङ । अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई दक्षता, भाषा एवं व्यावसायिक सीप प्रदान गर्न आजदेखि यहाँ तीनदिने तालिम सञ्चालन गरिएको छ ।

कोसी प्रदेश नेपाल कानुन व्यवसायी परिषद् विराटनगरद्वारा आजदेखि यहाँ आयोजित ३०औँ अधिवक्ताको परीक्षामा उत्तीर्ण कानुन व्यवसायीलाई पूर्वव्यावसायिक आधारभूत तालिममा क्षमता अभिवृद्धि, सार्वजनिक महत्व विषय लगायतमा सण्ैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गरिने छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले तालिमको उद्घाटन गर्दै व्यवसायीहरु इमान्दार, निडर एवं अध्ययनशील भई न्यायालय र बारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कोसी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले पेसागत आचरण कायम राखी न्यायालयको गरिमा उच्च बनाई राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिषद्का पार्षद प्रेमप्रसाद पोखरेल, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्वप्रदेश महान्यायाधिवक्ता चुडामणि आचार्य र देवी घिमिरेले मर्यादित र नैतिकवान भएर न्यायालयलाई बलियो बनाउने भूमिका निभाउनुपर्ने सुझाव दिनुभयो ।

सङ्घीयता स्थापनापछि मोफसलमा पहिलो पटक हुन लागेको तालिममा कोसी र मधेस प्रदेशका १७ महिलासहित ५७ जनाको सहभागिता छ ।

 


Thali Mobile Pvt.Ltd.