भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच | उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु | तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो | चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग? |

पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न अदालतको आदेश

पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न अदालतको आदेश

काठमाडौं । नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न उदालतले आदेश दिएको छ । सर्वोच्च अदाललते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दिएको हो ।

आरोपीहरु मध्ये सुजय श्रेष्ठ र रविन लामाले क्षतिपूर्ति रकम समेत नदिएको भन्दै सर्वोच्चले पीडित चलाउनेलाई तत्काल एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन समेत आदेश दिएको छ । उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सबै काठमाडौं जिल्ला अदालतको आदेशमा तारेख र धरौटीमा छुटेका थिए ।

सरकारले उनीहरुको मुद्दा नै फिर्ता लिने प्रक्रिया समेत अघि बढाएको थियो । न्यायाधीशद्वय शुष्मालता माथेमा र हरि फुयाँलको इजलासले आक्रमणकारीहरुले अदालतलाई सहयोग नगरेको र पीडितलाई क्षतिपूर्ति समेत नदिएको भन्दै सर्वोच्चले उनीहरुलाई पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न आदेश दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.