काठमाडौं । चितवनमा हुनगइरहेको पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई रोकावट नगरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परिणामको ख्यालै नगरि कतिपय व्यक्तिले आफूसँग प्रतिस्पर्धा गर्न लागेको प्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्षमा फेरि पनि दोहोरिने मनसाय गरेका ओलीले विहान बालकाेट पुगेका संचारकर्मीसंग कुरा गर्दै पार्टीभित्र प्रतिपक्ष छ भन्ने देखाउन केही मानिस लागिपरेको अभिव्यक्ति दिए । पार्टीभित्र फरक मत राख्न पाइने तर पार्टीको इमेज विग्रिने गरि राख्न नपाईने भन्दै फकर मत राख्नेप्रति कुनै पूर्वाग्रह नरहेको जिकिर गरे ।
एमालेमा लिसो टाँसिएझै टाँसिएका पूर्व माओवादी र ‘१० भाइ समूह’ अब नरहने दाबी गरे । उनले भने, ‘ १० भाइवाला कुरा केही छैन । कुनै साथीले बोलेको छ भने त्यो उसको निजी कुरा हो । तपाईंहरूलाई यो भ्रम नरहोस् कि भीम रावलले बोलेको कुरा १० भाइको कुरा होइन ।’
नेता व्यवस्थापनभन्दा देशलाई सही बाटोमा लैजाने नीति महत्त्वपूर्ण भएको भन्दै केन्द्रीय पदाधिकारी संख्या बढाउने कुला गलत भएको बताए । आगामी संसदीय चुनावमा उनले कुनै पार्टीसँग तालमेल नगर्ने तर चुनावपछि सरकार निर्माणमा गठबन्धन हुन सक्ने संकेत गरे ।
