भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पर्यटकीयस्थल उपर्दाङ्गगढी पुग्न नयाँ सडक

पर्यटकीयस्थल उपर्दाङ्गगढी पुग्न नयाँ सडक

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ । भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले, कापे हुँदै उपरदाङ्गगढी पुग्न सकिने उक्त सडकको नयाँ ट्र्याक जोडिएको हो । उक्त नयाँ सडकको बिहीबार एक कार्यक्रमका बीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गर्नुभयो ।

अध्यक्ष गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भए पनि गाउँपालिकाभित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको बताउनुभयो । उहाँले ऐतिहासिक पर्यटकीयस्थलको रूपमा परिचित चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी आउनकै लागि अब टाँडी हुँदै शक्तिखोरबाट मात्र आउनुपर्ने बाध्यता हटेको बताउनुभयो । यस्तै नयाँ ट्र्याक खुलेपछि स्थानीयवासीको दैनिक जीवनयापनमा हुने कठिनाइलाई पनि सजिलो बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

वडाध्यक्ष बमबहादुर रानाले वडा नं ७ मा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ छैनन्, यसैले अब सडक स्तरोन्नति र कालोपत्र गर्नतिर ध्यान लगाउनेछौँ ।” यतिमात्र नभई खानेपानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा सडक सञ्जालले छोएसँगै उक्त कामका लागि समेत ध्यान दिइने उहाँले बताउनुभयो ।

भोर्लेबाट दाहाखानी हुँदै उपरदाङ्गगढीसम्म करिब ३६ किलोमिटर दूरी रहेको उक्त सडकको इच्छाकामना गाउँपालिका खण्डकमा पर्ने दाहाखानीबाट उपरदाङ्गगढीसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र वाग्मती प्रदेश सरकारको रु एक करोड करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । जसमा इच्छाकामना गाउँपालिकाले तीन आर्थिक वर्षमा रु ७३ लाख वाग्मती प्रदेश सरकारले रु ३८ लाख बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढी मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिनुभयो । उक्त सडकले सालठाना, सानो भोर्ले, कापेलगायत स्थानीयवासीलाई सहज हुने भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.