भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा पश्चिम तराईमा उखरमाउलो गर्मी

पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा पश्चिम तराईमा उखरमाउलो गर्मी

काठमाण्डौ । दुईतीन दिन यता काठमाण्डौसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ भने अधिकतम तापक्रम घट्दा गर्मी कम भएको हो । पश्चिम तराईबाहेकका ठाउँमा बुधबार पनि पानी पर्ने सम्भावना छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् । कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ । नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । दुईतीन दिनसम्म नै पश्चिम तराईमा तातो हावा लू चल्ने सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.