भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु | सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक |

पहिचान नगरि जंगली च्याउन नखान विज्ञहरुको सुझाव,विषालु च्याउले कलेजो, मिर्गौला र मस्तिष्कमा असर

पहिचान नगरि जंगली च्याउन नखान विज्ञहरुको सुझाव,विषालु च्याउले कलेजो, मिर्गौला र मस्तिष्कमा असर

काठमाण्डौ । दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेत उपचार भइरहेको छ । विषालु च्याउ छुट्याउन नसक्दा च्याउ खाएर बिरामी पर्ने र ज्यानै जाने जोखिम यस वर्षेनि दोहोरिएको छ ।

वर्षमा झण्डै ३० जनाले विषालु च्याउ खाएका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क छ । बर्खामा खेतबारी र जङ्गलमा जताततै च्याउ उम्रिने गरेको भएपनि ति खान योग्य कुन च्याउ हो भनेर सहजै छुट्याउन गाह्रो हुने भएकाले जङ्गली च्याउ नखान विज्ञहरुले सुझाएका छन् । केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउने विज्ञहरुको भनाई रहेको छ ।

वर्षा याममा जताततै उम्रिने जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पकाउँदा पनि च्याउमा हुने विष कम नहुने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध छ ।

डाँठ र छाता रातो भएको च्याउ समेत खानु नहुने विज्ञहरुको सुझाव रहेको छ । गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्रायः विषालु हुने विज्ञहरुले बताएका छन् ।
विषालु च्याउले वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने र हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ नखान विज्ञहरुको सुझाव रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.