२० असार २०७७ बझाङ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्य व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् । पहिरोमा १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । दुर्गम भएकाले घटनास्थलमा प्रहरीको टोली अझै पुग्न नसकेको स्थानीयले बताएका छन् ।
प्रहरीले घटनाको बारे बुझेपनि मात्र क्षतिको एकिन विवरण आउने उनीहरुले बताएका छन् छन् । पहिरोमा वेपत्ता भएकाहरुको खोजीकार्यमा स्थानीय लागिपरेका छन् । विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताए । ४० परिवारको बसोबास रहेको मल्लेसी गाउँमा सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए ।
बाटोको समस्या भएकाले उत्त गाउँमा पुग्न खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसके प्रहरीको भनाई छ । घटनास्थलमा पठाउन हेलिकप्टरको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...