भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

पहिरोमा पुरिएका दुई जनाको शव भेटियो

पहिरोमा पुरिएका दुई जनाको शव भेटियो

२० असार २०७७ बझाङ । केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्य व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् । पहिरोमा १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । दुर्गम भएकाले घटनास्थलमा प्रहरीको टोली अझै पुग्न नसकेको स्थानीयले बताएका छन् ।

प्रहरीले घटनाको बारे बुझेपनि मात्र क्षतिको एकिन विवरण आउने उनीहरुले बताएका छन् छन् । पहिरोमा वेपत्ता भएकाहरुको खोजीकार्यमा स्थानीय लागिपरेका छन् । विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताए । ४० परिवारको बसोबास रहेको मल्लेसी गाउँमा सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिए ।

बाटोको समस्या भएकाले उत्त गाउँमा पुग्न खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसके प्रहरीको भनाई छ । घटनास्थलमा पठाउन हेलिकप्टरको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.