भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

पहिरोमा पुरिएर अछाममा १७ को ज्यान गयो, ६ जना अझै बेपत्ता

पहिरोमा पुरिएर अछाममा १७ को ज्यान गयो, ६ जना अझै बेपत्ता

अछाम । अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको रिजालले बताए । तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजी भइरहेको छ । पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।

यसैबीच कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.