भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

पहिलो पटक अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा विभागले प्रहरीलाई सुम्पियो

पहिलो पटक अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा विभागले प्रहरीलाई सुम्पियो

काठमाडौं । सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीले पाएको छ । राजस्व अनुसन्धान विभागले एक क्विन्टल आइतबार पत्रकार सम्मेलन गरी सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान गर्न नेपाल प्रहरीलाई दिएको हो ।

साउन २ गते विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मूल गेटबाहिर वरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् ।

सुन मुद्दामा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई सुम्पिएको हो । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् । सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।

अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जनाएको छ । पक्राउ परेका सबै आरोपितलाई प्रहरीको जिम्मा लगाइने विभागले तयारी गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.