भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पाँचतले मन्दिर जीर्णोद्धार कार्यको नगर प्रमुखद्वारा निरीक्षण

पाँचतले मन्दिर जीर्णोद्धार कार्यको नगर प्रमुखद्वारा निरीक्षण

१५ असार भक्तपुर । ङातापोल (पाँचतले) मन्दिर जीर्णोद्धार कार्यको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले निरीक्षण गरेका छन् । मन्दिर जीर्णोदार कार्यमा स्थानीयको जनश्रमदान रहेकोभक्तपुरको प्रसिद्ध ऐतिहासिक ङातापोल मन्दिरको सोमबार प्रजापतिले निरीक्षण गरेका हुन ।

मन्दिरको जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउने स्थानीयको भीड बढेको मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताए । नेपालकै अग्लो भक्तपुरको प्रसिद्ध याे मन्दिर जीर्णोद्धार कार्यमा नगरबासीको उत्साहजनक जनश्रमदान रहेकाे छ ।

भक्तपुरको उत्कृष्ट विशेषताको रुपमा चिनिंदै आएको पाँचतले मन्दिर जीर्णाेदार कार्यकाे प्रसंसा गर्दै प्रमुख प्रजापतिले इमानदारिता, पारदर्शिता र आर्थिक अनुशासनकै कारण भक्तपुरमा उपभोक्ता समितिमार्फत हुने विकास निर्माण कार्य सफल कार्यान्वयन हुन सकेको दावी गरे ।

sunil parjapatiसंसारमै परिचित र नेपालकै अग्लो पाँचतले मन्दिरको जीर्णोद्धारमा श्रमदान गर्न पाँउदा स्थानीय हर्षित मात्रै भएनन्, विश्व सम्पदामा सूचीकृत ङातापोल मन्दिरमा जनश्रमदान गर्न पाउनु गौरवको विषय भएको बताए । श्रमदानमा अधिकांश महिलाहरुको सहभागिता रहेको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको जीर्णाेदार कार्यमा नगरपालिकाको ६५ लाख १३ हजार लागतमा कार्य सुरुगरिएको थियो ।

यसैबीच विदेशीले नेपालको नगरिकता लिन नसकोस भन्नेमा राज्य जहिल्यै सचेत हुनुपर्ने नगरप्रमुख सुनिल प्रजापतिले बताएका छन् । नागरिकता प्राप्त व्यक्तिको आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारको सुनिश्चितता गर्ने हुँदा कुनै पनि विदेशी नागरिकले नेपालको नगरिकता लिन नसकोस् भन्नेमा नागरिक पनि सचेत हुनुपर्ने बताए ।

धान दिवसको अवसरमा वडा नं. १ ले आयोजना गरेकाे कार्यक्रममा बोल्दै प्रजापतिले अंगीकृत नागरिकता प्राप्त व्यक्तिहरू देशको प्रमुख पदमा बाहेक अरु कुनै पनि पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन सक्ने भन्दै नेपालमा नेपालीहरू विदेशीबाट शासित हुनुपर्ने अवस्था हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।

उनले फरक प्रसंगमा अमेरिकी एमसीसी सम्झौता केबल गुलियो पोतेको लड्डु जस्तै भएको इंगित गरे । एमसीसी अनुमोदन हुनु भनेको देशको सार्वभौमिकतामै खतरा हुने भन्दै प्रजापतिले यस विषयमा चनाखाे हुनुपर्ने बताए । कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको विकास निर्माण कार्यहरुबारे अवगत गराउदै नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषिसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेमकिपा भनपा वडा नं. १ का इन्चार्ज लक्ष्मीनारायण खत्री, नेक्रामहिला संघ भक्तपुरका संयोजक कृष्णप्यारी भुजु, वडा सदस्य गंगालक्ष्मी बमनु, शिवलक्ष्मी दुवाल र विकुलक्ष्मी कोजुले समसामयिक विषयमा धारणा प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.