पाँच दिनका लागि ललितपुर महानगरपालिका बन्द

पाँच दिनका लागि ललितपुर महानगरपालिका बन्द

काठमाण्डौ । पाँच दिनका लागि ललितपुर महानगरपालिका बन्द भएको छ । कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा सञ्चालन हुने महानगपालिकाले जनाएको छ महानगरका धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.