काठमाडौं । ललिता निवास प्रकरणमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको जनाएको छ । अदालतले पहिलो पटक ७,दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको हो ।
आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको हो ।
