काठमाडौँ । नेपालमा दुई करोड ७५ लाख थान मोबाइल आयात भएको तथ्याङ्क रहेको छ । पाँच वर्षमा नेपालमा दुई करोड ७५ लाख थान मोबाइल आयात भएको हो । नेपालीले पाँच वर्षमा मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएको तथ्यांक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको हो ।
पाँच वर्षको अवधिमा आव २०७७ र ७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको देखिएको छ । तथ्याङ्क अनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको उल्लेख छ ।
आव २०७४ र ७५ देखि २०७८ र ७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएको हो । विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपियाँ मोबाइल आयातमा बाहिरिएको तथ्यांकमा उल्लेख छ ।
