भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

पाइलट सन्तुष्ट भएपछि मात्र जहाज उडाउन पाइने

पाइलट सन्तुष्ट भएपछि मात्र जहाज उडाउन पाइने

काठमाडौ । एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिलेसम्म भएका अधिकांश हवाई दुर्घटनामा पाइलटलाई दोषी देखाइँदै आएको हुनाले सो अवस्थाको अन्त्य गर्न पनि प्लेन उडाउनुअघि पाइलटको अवस्थाबारे ध्यान दिन खोजिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मनसुनको समयमा हवाई उडान सर्तकता अपनाउनेबारे विभिन्न विषयमा भएको छलफलमा प्राधिकरणको १४ गते गरेको निर्णय कार्यान्वयन चरणमा लगिएको हो । सो बैठकले ५ वटा निर्णय गरेको थियो ।

बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण नागरिक उड्डयन नियमावली २०५८’ को परिच्छेद १० नियम ६५ ‘ख’ मा भएको व्यवस्था कडाईसाथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालय मार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गरी उक्त निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

प्रमुख वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनुपर्ने उल्लेख छ । यदि पाइलट सन्तुष्ट छैन भने ऊ सन्तुष्ट नभएसम्म उडान गर्न नदिने निर्णय क्यानले गरेको हो । बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्न उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलटलाई सन्तुष्ट बनाउनै पर्ने व्यवस्था गरेको हो ।

पछिल्लो समय मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । गत असार २६ गते भएको दुर्घटनामा क्याप्टेन चेत गुरुङ सहित ५ जना विदेशी नागरिकको मृत्यु भएको थियो । यसमा पनि क्याप्टेनलाई दबाब दिएर उडान गरिएकाले दुर्घटना भएको वायुसेवा सञ्चालकहरूले बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.