भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

पार्टीकाे नीति लत्याउदै आफ्नालाइ भर्तिकेन्द्र बनाउदा ओली अल्पमतमा परेः नेता झलनाथ खनाल

पार्टीकाे नीति लत्याउदै आफ्नालाइ भर्तिकेन्द्र बनाउदा ओली अल्पमतमा परेः नेता झलनाथ खनाल image

२० असार २०७७ काठमाडौं । पार्टी भित्रको विवाद सुल्झाउनको सट्टा बहुमत छ भन्दै प्रधानमन्त्री बनेकै दिन देखि आफ्ना मान्छे छानेर क्याविनेट बनाएको आरोप झलनाथ खनालले लगाएका छन् ।

जेमा पनि एकलौटी ढंगले आफ्ना गुटका मात्रै भर्तिकेन्द्र गरेकाले अत्याचार र ज्याजतिमा केपी शर्मा ओली चुर्लुम्म डुवेको बताए । पत्रकार ऋिषी धमालासंग कुरा गर्दै उनले यस्तो बताएका हुन । संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हन्छ कि हुदैन ? भन्दै उनले यो विषय गम्भिर रुपमा बुझ्नु पर्ने बताए ।

पुजीवादी संसदीय व्यवस्था नभएको भन्दै उनले नेपालको संसदीय व्यवस्था समाजवाद उन्मुख व्यवस्था हो त्यसैले पार्टीका नीति, दस्तावेज र निर्णयलाई मानेर जानुकाे विकल्प ओलीसंग नभएको बताए । केपीले तानाशाही कदम चालिरहेकाे दावी गर्दै खनालले भने, ‘मधेसवादी दल फुटाउन खाेज्नुकाे रहस्य के हाे ?’

नीति निर्देशन नमानेर एकलौटी निर्णयले केपी चल्दा पार्टी भित्र अल्पमतमा त छन् नै उनी सवैक्षेत्रबाट एक्लिएर गएकाे खनालले बताए । उखान तुक्का हालेर देशलाई भलखाडाेमा हाल्ने खतरा केपीबाट बढेको उनले दावी गरेका छन् । स्थायी समितिले दिएकाे निर्देशन नमानेमा केपी अाफैलाइ घाटा हुने बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.