भर्खरै : Sorry, your browser does not support inline SVG.
युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति |

पार्टीकाे नीति लत्याउदै आफ्नालाइ भर्तिकेन्द्र बनाउदा ओली अल्पमतमा परेः नेता झलनाथ खनाल

पार्टीकाे नीति लत्याउदै आफ्नालाइ भर्तिकेन्द्र बनाउदा ओली अल्पमतमा परेः नेता झलनाथ खनाल

२० असार २०७७ काठमाडौं । पार्टी भित्रको विवाद सुल्झाउनको सट्टा बहुमत छ भन्दै प्रधानमन्त्री बनेकै दिन देखि आफ्ना मान्छे छानेर क्याविनेट बनाएको आरोप झलनाथ खनालले लगाएका छन् ।

जेमा पनि एकलौटी ढंगले आफ्ना गुटका मात्रै भर्तिकेन्द्र गरेकाले अत्याचार र ज्याजतिमा केपी शर्मा ओली चुर्लुम्म डुवेको बताए । पत्रकार ऋिषी धमालासंग कुरा गर्दै उनले यस्तो बताएका हुन । संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हन्छ कि हुदैन ? भन्दै उनले यो विषय गम्भिर रुपमा बुझ्नु पर्ने बताए ।

पुजीवादी संसदीय व्यवस्था नभएको भन्दै उनले नेपालको संसदीय व्यवस्था समाजवाद उन्मुख व्यवस्था हो त्यसैले पार्टीका नीति, दस्तावेज र निर्णयलाई मानेर जानुकाे विकल्प ओलीसंग नभएको बताए । केपीले तानाशाही कदम चालिरहेकाे दावी गर्दै खनालले भने, ‘मधेसवादी दल फुटाउन खाेज्नुकाे रहस्य के हाे ?’

नीति निर्देशन नमानेर एकलौटी निर्णयले केपी चल्दा पार्टी भित्र अल्पमतमा त छन् नै उनी सवैक्षेत्रबाट एक्लिएर गएकाे खनालले बताए । उखान तुक्का हालेर देशलाई भलखाडाेमा हाल्ने खतरा केपीबाट बढेको उनले दावी गरेका छन् । स्थायी समितिले दिएकाे निर्देशन नमानेमा केपी अाफैलाइ घाटा हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.