भर्खरै : Sorry, your browser does not support inline SVG.
त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव |

‘ पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन’

‘ पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन’

काभ्रेपलाञ्चोक, । सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताउनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादी काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्ठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताउनुभएको हो ।

“वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले असल नेतालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने सन्देश दिएको छ, अब हामीले हाम्रा बोली–व्यवहार, मनोविज्ञान, दृष्टिकोण र आचरण सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले मुलुकले गुणस्तरीय नेतृत्व खोजिरहेको उल्लेख गर्दै चरित्रवान् नेतामात्रै मुलुकको नेतृत्वमा पुग्नसक्ने बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले दिउँसो समाजवादको नारा घन्काएर राति पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अवसरको समानता नै समाजवाद हो, यसका लागि निश्चित कार्यक्रम हुनुपर्छ, उत्पादनको साधनमा समानता प्राप्त गर्नुपर्दछ ।”

कार्यक्रममा पार्टीका जिल्लाध्यक्ष एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइका, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, समाजवादी युवा सङ्घका केन्द्रीय सचिव भेषराज शाहलगायतले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.