सर्लाही । कोराना भाइरस फैलिएसँगै नेपाल प्रवेश गरेका सर्लाहीवासी पेटपाल्नका लागि फेरि भारत जान थालेका छन् । हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् ।
खुला सीमा नाकाका कारण स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् । रोगको डरले फर्केका नेपाली अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य भएका छन् ।
