भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रचण्डको जवाफ दिनु पर्छ भन्ने लाग्दैनः प्रधानमन्त्री

प्रचण्डको जवाफ दिनु पर्छ भन्ने लाग्दैनः प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको जवाफ दिनु पर्छ भन्ने नलागेको बताएका छन् ।

‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने भन्दै ओलीले आफ्नो अडान कायम राखेका छन् । महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग छलफल गर्नुका साथै आफूमाथि यसैगरी आरोप लगाउने हो भने अब संगै हिड्न पनि नसकिने बताए ।

दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब छुट्टीनुको विकल्प नरहेको भन्दै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरे । आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.