काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न प्रचण्डलाई आग्रह गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदबाट एमसीसीका बारेमा लटरपटर कुरा नगर्न समेत सुझाव दिए ।
उनले भने, ‘हामी बहुमत पुर्याएर एमसीसी पारित गर्छौ । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’ एमसीसी महत्वपूर्ण विषय भएको भन्दै भट्टराईले संसदमा उपस्थितको बहुमतले नभई संसदमा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित हुने बताए ।
नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दिगो शान्तिका लागि काम गर्नुपर्ने बाबुरामले दोहोर्याए ।
