प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि आज दिउँसो १ बजे बैठक बोलाइको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची एक दिन अघि नै सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.